• १७ फाल्गुण २०७७
  • (Monday 01 March, 2021)
    305
    Shares

    माघ २६

    रौतहट न्यूज । स्रोत न खुलेको नगद नेपाली रूपैया एकाईस लाख नब्वे हजार विस रूपैया र स्कुटर सहित आज सोमबारको दिन गौर नगरपालिका वडा ४ बसपार्क नजिक प्रहरी ले पक्राउ गरेको छ।

    सुचनाको अधारमा प्रहरीले चेक जाच गर्दा नम्बर नभएको स्कुटीमा सवार परोहा नगरपालिका वडा १ जिंगडवा बेलविछुवा बस्ने शेख सुखाडीको २७ वर्षिय  छोरा मोहम्मद दिलसाद आलमको खानतलासी गर्दा उनीसँग बरामद भएका बस्तुहरु मध्ये नगद रकम:
    १००० दरका १८१०  = १८,१०,०००/-
    ५०० दरका ४८० = २,४०,०००/-
    १०० दरका ३००  = ३०,०००/-
    ५० दरका १८००  = ९०,०००/-
    २० दरका ९०१  = १८,०२०/-
    १० दरका २००  = २,०००/- त्यसतै चेक तर्फ मोहमद आलमको नामको ३१,१६,०००/-(एकतिस लाख सोह्र हजार) को चेक ५ थान फेला परेको हो ।

    निम्न सामान वरामद भएको हुँदा श्रोत नखुलेको नगद रकमको कारवाहीको लागि निज मो. दिलसाद आलमलाई सम्पत्ति सुद्धिकरण विभागमा आवश्यक कारवाहीको लागि पठाईएको साथै नम्बर नखुलेको स्कुटरको कारवाही को लागि भंसार कार्यालय गौरमा पठाईएको हो । Whats App मा विभिन्न कारोवारको विवरण खुलाएको ९८५५०४०५२८ नम्बर रहेको Redmi Company को मोबाइल थान-१ पनि फेला परेको छ।