• १७ फाल्गुण २०७७
  • (Monday 01 March, 2021)
    525
    Shares

    अजय यादव वियोगी

    रौतहट न्यूज़// बाराको महागढीमाई नगरपालिका वडा नम्बर -२ ईनर्वा गाउँमा रोकि राखेको मोटरसाइकलमा विपरीत दिशाबाट अाएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको छ ।ईनर्वा गाउँमा रोकि राखेको Br-05-4602 स्पेलेण्डरमा उतर दिशा देखि दक्षिण तर्फ अाईरहेको प्रदेश -२ -०३-००८प ७२१२ नम्बरको सुपर स्पेलेण्डरका चालकले ठोक्दा दुर्घटना भएको हो ।तिव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न ,आएको हो ।मोटरसाइकल चालक गम्भीररुपमा घाइते भएको स्थानीय बासीको भनाइ रहेको छ ।

    रौतहट बसन्तपटी घर भएका चालक भएको उनको पकेटमा रहेको कागजातबाट खुल्न आएको बरियारपुर चौकीका ईन्चार्ज प्रमोद कुमार साहले बताउनुभयो । साँझ ५:३० बजेको समयमा दुर्घटना भएको छ ।तिव्रगतिका कारण मोटरसाइकल ठोकिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बरियारपुर चौकीका सई प्रमोद कुमार साहले बताउनुभयो ।नालाको छेउमा रोकि राखेको मोटरसाइकलमा एक्कासि अाएर ठोकिँदा दुर्घटना भएको स्थानीयबासी उमाशँकर यादवले बताउनुभयो ।घाइतेको गाउँलेको सहयोगमा उद्दार गरिएको र उनको नाकबाट रगत समेत बग्न थालेकोले जिल्ला अस्पताल कलैया पठाएको स्थानीयबासी यादवको भनाई रहेको छ ।

    अजय यादव वियोगी

    रोकि राखेको मोटरसाइकलमा ठक्कर दिँदा दुर्घटना भएको र स्थानीयको सक्रियतामा उपचारका लागि  घाइतेलाई पठाईएको नेकपाका युवा नेता जितेन्द्र तिवारीले  बताउनुभयो । दुवै मोटरसाइकल लाई बरियारपुर चौकीमा जिम्मा लगाईएको युवा नेता तिवारीको भनाइ रहेको छ ।बरियारपुर संतगज सडक खण्डको ४० फिटको भएपनि असवाधानीेले मोटरसाइकल चलाउँदा दुर्घटना भएको स्थानीय महिलाहरुले बताएका छन् ।

    यसअघि बाराको महागढीमाई नगरपालिका वडा नम्बर -२ भुतही पुल नजिककै ट्रेक्टर दुर्घटना हुदाँ एक जना चालकको ज्यान गएको थियो ।हुलाकी राजमार्गमा चेकजाँच बढाईएको जिल्ला  प्रहरी बारा कार्यालय बाराले जानकारी दिएका छन् ।बारामा दिनहुँ सवारी दुर्घटना बढदै गएको प्रति अाम जनता निराश हुन थालेको बरियारपुरका नरेश कुशवाहाले बताएका छन् ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।