• १७ फाल्गुण २०७७
  • (Monday 01 March, 2021)
    245
    Shares

    रमेश कुमार यादव

    रौतहट न्यूज/ रौतहटमा धेरै दिनदेखि कोरोना भाइरसको सङ्क्रमण देखा नपरेको थिए । तर आज जिल्ला प्रशासन कार्यलय रौतहटले त्यार पारेको कोभिड–१९ सम्बन्धि दैनिक प्रतिबेदनमा आज एक जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६२ पुगेको छ ।

    जिल्ला प्रशासन कार्यलय रौतहट अनुसार आज कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ जना रहेको छ । जिल्ला प्रशासन कार्यलय रौतहटले २३ हजार १ सय ६० स्वाब सँकलनमध्ये पोजेटिभ भएका २०६२ रहेका छन भने २१ हजार ९८ निगेटिभ रहेका छन ।अहिले सम्म क्वारेन्टाईनमा बसि फिर्ता भएका सँख्या १३ हजार ३ सय ७ रहेको छ। भने ४१९ आईसोलेसन बेड रहेका छन । आजसम्म रौतहटमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको सँख्या १४ पुगेको पुष्टि छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २ हजार ३३ पुगेको छ ।