• रमेश कुमार यादव

    रौतहट न्यूज/ आज बिहिबारका दिन रौतहटको मध्यभागमा रहेको चर्चित मुख्य ब्यापारिक ठाउँ गरुडामा प्रचन्ड–माधव समुहले आमहडताल गरेका थिए ।आज उक्त हडतालको क्रममा रौतहटमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(नेपाल समूहका नेता(कार्यकर्ता पक्राउ परेका छन्।

    प्रचण्ड(माधव समूहको नेकपाले घोषणा गरेको नेपाल बन्दलाई सफल गराउन निस्केका कार्यकर्ताहरु रौतहटबाट पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले बन्द गराउँदै हिडेका सो समुहका ६ जनालाइ पक्राउ गरेको हो। पक्राउ पर्ने नेताहरु बिपिन जैसवाल, शेख कलि मुल्लाह, श्याम नन्दन सहनी, ननिपत सहनी, शेख सद्दाम र शेख कौशर रहेको सो कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक राम राजा केशरीले जानकारी दिनुभयो। उनीहरुले प्रहरीको अनुरोधलाई बेवास्ता गर्दै जवरजस्ती सडकमा टायर बालेको, राजमार्ग अवरुद्ध गर्न खोजेको, खुलेका पसलहरुलाई बन्द गर्न लगाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै पक्राउ गरिएको उँहाले बताउनु भयो । पक्राउ परेका नेताहरुलाई ६ घण्टा पछि छाडेका थिए ।

    नेकपा माधव–प्रचण्ड समुहका जिल्ला संयोजक युवराज भट्टराइ ‘समिर’ले आफुहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई निःशर्त रिहा गर्न माग गर्दै प्रहरी दमनमा उत्रिए आफुहरु पनि कडा प्रतिकारमा उत्रने चेतावनी दिनुभएको थियो।सो समुहले आवहन गरेको बन्दले रौतहटका अत्यावश्यक बाहेकका सबै सवारीसाधन, पसलहरु बन्द गराएका थिए । उनीहरुले चन्द्रनिगाहपुर स्थित पूर्व–पश्चिम राजमार्गमा बसेर राजमार्ग अवरुद्ध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नारावाजी लगाएका छन् ।बन्दको क्रममा कुनै अप्रिय घटना हुन नदिन ठुलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।

    सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै आम हड्तालको घोषणा गरीएको प्रचण्ड–नेपाल समूहका नेताहरु बताँउछन् । रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहका अनुसार रौतहट सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया लगायतका बजारमा बन्दको आंशिक प्रभाव परेको छ । लामो दुरीका सवारी साधन सञ्चालन नभए पनि छोटो दुरीमा केही सवारी साधन सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

    उक्त बन्द गराउने क्रममा गढिमाई नगरपालिका प्रचन्ड नेपाल समुहका युवा नेता दिपेन्द्र कुमार साह उर्फ दिपु ,कटहरिया न.पाको सघर्ष समितिको सँयोजक नसुरिदिन अँसारी ,गढिमाई नगरपालिका सँघर्ष समितिको सयोजक राम रामपुकार यादब ,गरुडा नगरपालिका सँघर्ष समितिको सह–सयोजक शिवजी साह ,माधव न.पा सघर्ष समितिको सँयोजक देवनरायण बिन ,जयरानी सहनी , हरि नरायण यादब , कटहरिया ७ का वाडअध्यक्षका प्रत्याशि समसुदिन आलम ,भागवत राय लगायत सयकडौँ नेताहरुको उपस्थिती रहेको थियो ।