रौतहट न्यूज़
// ईशनाथ नगरपालिका – ५ जटहरास्थित श्री अधारभूत विधालयको परिसरभित्र आठ कोठा दुई तल्ले नवनिर्मित भवनको आज बुधबार सिलन्यास भएको छ । ईशनाथ नगरपालिकाको १ करोड़ आर्थिक सहयोगमा सो भवन निर्माण हुने भएको छ। नगर प्रमुख संतोष मेहताले सिलन्यास गर्दै यस विधालय लाई अधारभूत विधालयबाट माध्यमिक विधालय बनाउने प्रतिवद्धता गरेका छन्।

सोही विधालयको पश्चिम तर्फ रहेको ४ विगहा १३ कठ्ठा पोखरीको उत्तर तर्फ आधी जग्गामा खेल मैदान निर्माणको लागि ६ करोड ७४ लाख रकम आएको नगर प्रमुख मेहताले बताएका छ्न। कार्यपालिका बैठकको निर्णयानुसार सो स्थानमा खेलकुद पूर्वधार निर्माणका लागि जग्गा छनौट गरी सुचना प्रकाशन भएको थियो । सो सुचना अनुसार संक्षिप्त लागत स्टिमेट,खेल पूर्वाधार आयोजनाको तीस प्रतिशत लगत सहभागिता नगरपालिकाले व्योहोर्ने निर्णाय गरेको थियो। सो निर्णाय अनुसार आज ईशनाथ नगरपालिकाको मुहार नै फेर्ने भएको नगर प्रमुख मेहता ले बताएका छ्न।

आजको उदघाटन कार्यक्रममा नगर प्रमुख संतोष मेहता ले विभिन्न तहतपकाका नेता,कार्यकर्ता,शिक्षक र आम नागरिक लाई गम्छा ओढाई अबिर लगाई सम्मान गरेको छ। मेहताको प्रतिबद्धता खेर जादैन चाहे हाम्रो विरोधी जति बिरोध गरोस् मेरो एक एक प्रतिवद्धता पुरा गर्ने छौ भन्दै मेहता ले जनतालाई सहनुभुति दिनु भएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।