
रौतहट न्यूज़//
प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक आन्दोलनले निकालेको “बालुवाटार मार्च” मा झडप भएको थियो ।
बृहत नागरिक आन्दोलनको आह्वानमा निकालिएको मार्च भाटभटेनी मन्दिर अगाडि पुग्दा प्रहरीले हस्तक्षेप गरि लाठी चार्ज गरेको थियो ।
लाठी चार्जबाट नागरिक समाजका अगुवा र प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा हानेको थियो । कमलपोखरीदेखि बालुवाटारसम्म शान्तिपूर्ण रुपमा जाने कार्यक्रममा प्रहरीले बल प्रयोग गरेकोमा नागरिक आन्दोलनका अगुवाहरुले विरोध गरेका छन् ।
वरिष्ठ पत्रकार नारायण वाग्लेले आफुहरुमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभयो ।
यस अघि भाटभटेनीमा भएको विरोध सभामा नागरिक समाजका अगुवाहरुले ओली सरकार तानाशाही भएको आरोप लगाएका थिए । विरोध सभामा डा.गोविन्द के.सी, लेखक खगेन्द्र संग्रौला, युग पाठकलगायतले प्रतिगमनको विरुद्ध लाग्न आह्वान गर्नुभयो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।