• रमेश कुमार यादव

    रौतहट न्यूज़// प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले प्रदेश २ सहित देशभरका सबै वडामा प्रदर्शन गरेको छ । संसद पुनःस्थापना गर, अधिनायकवाद मुर्दाबाद, केपी ओली मुर्दाबाद, केपी ओली राजीनामा दे, भ्रष्ट सरकार मुर्दावाद, दुःख पाए साराले केपी तिम्रै पाराले’ लगायतका नारा लगाउँदै काँग्रेसले बृन्दावन नगरपालिकाको बिश्रामपुर लगायत देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गरेको हो ।

    यसैबीच रौतहट जिल्लाको पुर्वीभागमा अवस्थित साबिक बिश्रामपुर वडा नम्बर १ ,९ हाल बृन्दावन नगरपालिकाको वार्ड नं.३ ,२ बाट निस्केको विरोध जुलुस वडाका पुर्बीटोल ,बैराठपुर लगायतका विभिन्न टोल हुँदै बिश्रामपुरको बाबा बिश्म्बरनाथ मन्दिरको प्राङगणको बजारमा कोणसभामा परिणत भएको थियो । आजको बिरोध जुलुसको अध्यक्षता क्षेत्र नं.४ को बरिष्ट युवा नेता प्रेमशंकर यादब गर्नु भएको थियो ।कार्यक्रमको उदघोषक बिनोध ठाकुर गर्नु भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नं.४ को बरिष्ट युवा नेता प्रेमशंकर यादब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी लोकतन्त्र र संविधानको हत्या गरेको बताउँदै ओली विरुद्ध सम्पुर्ण जनतालाई संघर्षमा उत्रिन आह्वान गरे ।काँग्रेसकै अर्का स्थानीय नेता तरुनदल गाउँएकाई कमिटीका अध्यक्ष दिनध्याल पटिेलले प्रधामन्त्री ओलीको गैर असंवैधानिक कदमले मुलुक ठूलो दुर्घटनामा फसेको बताए । प्रधामन्त्री ओलीले जमतको अपमान गरेको भन्दै उनले ओलीको यस्तो अक्षम्य अपराध विरुद्ध सबै दल र जनता एकजुट हुनुपर्ने बताए ।

    प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।आजको यस कार्यक्रममा सहभागी सदस्यहरु काग्रेसका प्रत्याशी वडाअध्यक्षका उमेदवार प्रेम नरायण साह ,दिवाकर मिश्रा ,वडा सदस्य रकटु राय यादब ,वडा सदस्य रामलगन चौरसिया ,धिरेन्द्र यादब ,शिक्षाप्रेमीका बिज्ञता गोबिन्द प्रसाद उपाध्याय ,हरेन्द्र यादब ,बिरेन्द्र यादब ,अमिन्द्र यादब ,रुपनरायण साह लगायत सयकडौँ ब्यतिmहरुको सहभागिता रहेको थियो ।