• १७ फाल्गुण २०७७
  • (Monday 01 March, 2021)
    700
    Shares

    रौतहट न्यूज़// नेपाल सेना चन्द्रनाथ गण तथा सिम्रौनगढ नगरपालिकाको संयुक्त आयोजनामा निशुल्क पाँच दिने स्वास्थ्य चेकजाँच शिविर र सो शिविरमा निशुल्क औषधि वितरण आईबार देखी हुने भएको छ ।

    यही मिति २०७७ साल १० महिना ११ गते आईबारको दिन स्वास्थ्य शिविर र १३ गते मंगलबार देखी विहिबार सम्म परिवार नियोजन सेवा सिम्रौनगढ़ नगरपालिकाको कार्यलय वार्ड ५ उचिडिह स्वास्थ चौकीमा हुने भएको हो। सो शिविर कार्यक्रममा “मिनीलैव र भैक्सोंटोमी” जिल्ला स्वास्थ्य कार्यलय बाराको र सिम्रौनगढ नगरपालिकाको सहयोगमा व्यवस्था हुने छन्। नगरका प्रशासकीय प्रमुख अधिकृत हरिओम प्रसाद जैसवालले बताउनु भयो।

    त्यस्तै गरी भरतपुर आँखा अस्पताल र सिम्रौनगढ़ नगरपालिकाको सहयोगमा १२ गते सोमबार देखी १५ गते विहिबार सम्म कर्चोंवा स्वास्थ्य चौकी र सिम्रौनगढ़ स्वास्थ चौकीमा निशुल्क आँखा शिविर हुने भएको छ। नेपाल सेना चन्द्रनाथ गण र नगर प्रमुख विजय यादव प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैसवाल निरीक्षण गर्ने बेलामा बताउनु भएको छ।