• ०७ माघ २०७७
  • (Wednesday 20 January, 2021)
    5
    Shares

    रौतहट न्यूज़// रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा २ र वडा ४ मा शनिवारको दिन नेकपाको संस्थापन पक्षको भेला सम्पन भएको छ। यस नगरका वाड ४ मा नेकपाको वडा कमिटी गठन भई किसान संगठन , दलित संगठन,महिला संगठन र यूवा संगठनको गाठनी भएको हो।

    नेकपा वडा कमिटीका अध्यक्ष राम निहोरा यादव सचिवमा किशुन देव राय यादव र प्रत्येक कमिटीमा २५/२५ सदस्यि गठन भएको छ।  किसान संगठनका अध्यक्ष योगेन्द्र राय यादव सचिव सुरेश राय यादव, दलित संगठनका अध्यक्ष वीरेन्द्र बैठा धोबी सचिव भोला पसवान, महिला संगठनकी अध्यक्ष सञ्जु देवी सचिव रज्वन्ती देवी, युवा संगठनका अध्यक्ष सुरेश राय यादव सचिव अजय कुमार यादवलाई नियुक्त गरेको हो।

    वडा २ सितलपुर

    त्यसै गरी फतुवाबिजयपुर २ सितलपुरमा नेकपाको वडा कमिटी गठन भएको छ। वडा अध्यक्षमा कमाहिर गिरी,सचिवमा कुमार लाल निधि, किसान संगठनका अध्यक्ष ज्ञानी साह सोनार सचिव सुनिल लाल राउत दलित संगठनका अध्यक्ष सहदेव हजरा सचिव  राम जीवन महरा, महिला संगठनमा अध्यक्ष प्रमिला देवी ठाकुर सचिव रिनकी देवी, युवा संगठनका अध्यक्ष संजय यादव सचिव अरुण कुमार यादवलाई नियुक्त गरेका छ्न्।

    साे कार्यक्रममा नेकपका प्रदेश सदस्य अमर साह प्रदेश सदस्य चन्देश्वर बैठा सहरी विकास मंत्री प्रभु साहको स्वकिय सचिव विजय यादव निर्विज,  वडा १ का वडा अध्यक्ष संजय साह, ४ नम्बरका वडा अध्यक्ष ब्रहमनारायन यादव, यूवा नेता सुभाष चंद्र यादव लगाएतका नेता र कार्यकर्ताको उपस्तिथि रहेको थियो। सो क्रमशः सहरी विकास मन्त्री प्रभु साहको स्वकिय सचिव विजय यादव निर्विजले बिभिन्न पार्टी घुमेर र असफल नेता हरूको झुण्डको समुहले प्रचन्ड-माधव घेरिएका हुनाले पार्टी असफल हुने ठोकुवा गरेका छन्।

    मन्त्री प्रभु साहको प्रभावले मधेशमा संस्थापन पक्ष(वोली समुह) अझ बलियो बनने यादव निर्विजले बिश्वास समेत व्यक्त गरे छन्। प्रचण्ड-माधवको समुहले देशमा अस्थिरता फैलाइरहेकोले भ्रममा नपर्न आग्रह समेत गरे छ्न्।