• ०२ बैसाख २०७८
  • (Thursday 15 April, 2021)
    5
    Shares

    रौतहट न्यूज// रौतहटमा नेपाल संचारकर्मी संघ राैतहट गठन गरिएको छ । जिल्लाको माैलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा जिल्लाभरिकाे संचारकर्मीहरूकाे भेला बाेलाइएकाे थियाे । साे भेला बाट नै नयाँ संघ गठन गरिएको हाे ।

    संचारकर्मीकाे हकहितकाे लागि र देशमा भईरहेको अन्याए,अत्याचार, भ्रषटाचा र अनियमिततालाई पर्दाफास गरि पहल गर्ने उदेश्यले साे संस्था गठन गरिएको हाे । आज मिति २०७७ साल पाैष १३ गते साेमबारका दिनमेडिया प्रा.लि., सञ्चालक, रेडियो एफ.एम. कर्मी, पत्र पत्रिका, टेलिभिजन,पाक्षिका, साप्ताहीक, पत्र पत्रिका आदि स्वातन्त्र पत्रकारहरूको र विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरू जम्मा भएका थिए ।

    साे भेला बाट राजकुमार यादवकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा राजकुमार यादव वरिष्ठ उपाध्यक्षमा राैशन कुमार चाैधरी, उपाध्यक्ष राजेश कुमार पासवान(निर्माणी) सरिता कुमारी श्रीवास्तव , सचिवमा धिरेन्द्र साह , सह-सचिवमा रमेश कुमार यादव, काेषाध्यक्षमा विजय साह ,सदस्यहरु राजु कुमार श्रीवास्तव,मेवालाल यादव,ललन राउत बरइ,अखिलेश शरण पटेल,स्मिथ कुमार रजक,कबराज पटेल,राजनारायण पटेल,रामप्रवेश बैठा लगायतका संचारकर्मी रहेका छन् । संघ गठन पछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि छिट्टै दर्ता प्रक्रियामा जाने नव नियुक्त अध्यक्ष यादवले बताउनु भएको हाे ।