• ०२ बैसाख २०७८
  • (Thursday 15 April, 2021)
    5
    Shares

    रौतहट न्यूज- रौतहटको गढीमाई नगरपालिकाको वाड ६ पकहा टोलमा आज शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन सयभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    गढीमाई नगरपालिका इकाइ समितिले शनिबार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।

    प्रमुख आथिति संविधानसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति कृष्णा यादव सभाध्यक्षता एवं गढ़ीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) र जनता समाजवादी पार्टी (जसपा) गरी कांग्रेसमा प्रवेश गर्ने ३०० भन्दा बढ़ीलाई प्रमुख आथिति कृष्णा यादव र नगर प्रमुख श्याम यादवले नवप्रवेशी हरुलाई टीका माला लगाएर स्वागत गरेका छन् ।

    कार्यक्रममा पार्टीका जिल्ला नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु एवं भातृ, शुभेच्छुक संस्थाका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।