
प्रदिप सम्राट
मंसिर 13 गते,रौतहट ।
रौतहट न्यूज// रौतहट जिल्लाको चन्द्रपुरमा एच.पि.एस. फाउण्डेशनको विधान मस्यौदा समितीले आज यस एच.पि.एस.फाउण्डेशनको विधान 2077 पारित गरेको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष हेम प्रसाद साह,उपाध्यक्ष विकास कुमार यादव,कोषाध्यक्ष निरन्जन कुमार जयसवाल,सचिव साहिद प्रवेज ,सहसचिव राकेश चौधरी,सदस्यहरू राजकिशोर गुप्ता,चन्दा कुमारी जयसवाल,प्रदिप कुमार दास,पुष्पा यादव,सुगान्धि देवी पासवान,शेख वाहिद अली लगायतका पदाधिकारीहरूको सहभागितामा पारित भएको हो ।
यस फाउण्डेशनका उद्देश्य विद्यालय सुधार र शैक्षिक भ्रष्टाचार विरूद्ध अभियान चलाउने सेवामूलक नमूना विद्यालय संचालन गर्ने,अस्पताल सुधार अभियान र स्वास्थ्यमा हुने भ्रष्टाचार विरूद्ध अभियान चलाउने अन्तर्राष्ट्रिय स्तरको सेवामूलक अस्पताल संचालन गर्ने आधुनिक कृषि तालिम केन्द्रको स्थापना कृषकलाई आधुनिक र व्यवसायिक खेतीबारे तालिम प्रदान गर्ने र वडा स्तरबाट भ्रष्टाचार विरूद्ध युवा शक्तिलाई संगठित गरी सुशासन अभियान चलाउने गरी ,जनचेतना,राहत तथा उदार सहित कयौ बुंदामा विधान मस्यौदा पारित गरेका छन्।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।