• ०८ मंसिर २०७७
  • (Monday 23 November, 2020)

    अब्बदुल समद

    रौतहट न्यूज़/ फेटा गापा १ त्रिवेणी मा प्रदेस सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालय द्वारा निर्माण भएको झुलुंगे पुलको आज एक कार्यक्रम को बिचमा प्रदेस सरकार को भौतिक मन्त्री जितेन्द्र सोनल ज्यु ले उदघाट्न गर्नु भएको छ ।

    एक वर्ष अगाडि बन्न सुरु भएको पुल को उदघाटन आज स्थानीय बासिको बिच समपन्न भएको छ । उक्त अवसर मा प्रतिनिधि सभा सदस्य एक्बाल मिया, जसपा क्षेत्र नं.४ अध्यक्ष एवम् के. सदस्य सिताराम गुप्ता, क्षेत्र नं. ४(ख) अध्यक्ष मदन गुप्ता , पुर्बाधार कार्यालय पर्सा प्रमुख संजय साह ,प्रसौनी गापा अध्यक्ष भोला गुप्ता, परवानीपुर गापा अध्यक्ष हरि नारायण साह, फेटा गापा अध्यक्ष अमिरीलाल गुप्ता , फेटा गापा १ अध्यक्ष जय प्रकाश दास लगायत स्थानीयबासी को उपस्थिति रहेको थियो ।