• ०८ मंसिर २०७७
  • (Monday 23 November, 2020)

    रौतहट न्यूज// रौतहट जिल्लाको मौलापुर स्थित पावर हाउस नजिक मोटरसाईकलको ठक्करबाट ५ बर्षीय बालकको ज्यान गएको छ । आईबार विहान करिब ८:३० बजेको समयमा धान काटाउनको लागि त्रिपाल पुरियाउने क्रममा लालबकैया तर्फ आउदै गरेको भारतीय BR 05 A C6053 नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकलले ठक्कर दिएको थियो ।अर्का दुईजना गम्भिर घाइते भएका छन् । घाइते दुई जनाको उपचार भइरहेको छ ।

    ज्यान गुमाउने बालक मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरियाका कृषनन्दन राय यादवको छोरी अंसु कुमारी यादव रहेको मौलापुर न.पा. ३ का वाडा सदस्य राजकिशोर यादवले जानकारी दिएको छ ।

    बालकको आईतबार दिउसो २:०० बजे उपचारको क्रममा नरायणी व्योध्या होस्पिटल बिरगंजमा मृत्यु भएको हो । ठक्कर दिने चालक गुजरा नगरपालिका हरियरपुर बस्ने जुमन मियाँको छोरा रहमान मियाँ लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।