• ०८ मंसिर २०७७
  • (Monday 23 November, 2020)

    रौतहट न्यूज// महान पर्व दशैं,दिपावली एवं छठपर्वको शुभ अवसरमा रौतहट क्षेत्र नं ३ मा आयोजित यस वर्षको शुभकामना अदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

    यो कार्यक्रम रौतहटको ६ ओटा नगरपालिकामा सु-सम्पन भएको हो। देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका र गरूडा नगरपालिकामा भव्यताका साथ सम्पन्न भएका छन्।

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साह द्वारा आयोजित समाजिक दुरीसहित सरसफाईका साथ करोनाको गरौं सामना,,। महान पर्व दशैं, दिपावली र छठको हाम्रो हार्दिक शुभकामना,,। नारा सहितको शुभकामना आदान – प्रदान तथा जनचेतना कार्यक्रम पूर्णरूपमा सम्पन्न भएको छ।

    यस कार्यक्रम द्वारा सांसद साहले विभिन्न विकाश प्रति प्रतिवद्वता गरेका छन्। रौतहट जिल्ला देशको ७७ स्थानमा रहेको भन्दै साहले दुःख प्रकट गरेको हो। औधोगिक क्षेत्र विस्तार सहित रौतहटको तीन ठाउँमा ठुला ठुला पावर सब स्टेसन निर्माण गर्ने र कृषीमा नायाँ प्रविधि ल्याउने सांसद साहले प्रतिवद्वता गरेको हो।

    जनचेतना कार्यक्रमले समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्वह गरेका छन्। विकासका लागि प्रतिस्पर्धा गर्न नसकेर प्रतिक्रियावादीहरूले कार्यक्रम विथोल्न खोजेपनि जनताले विफल पारिदिए । हामी दशैं तिहारको शुभ घडीमा असत्य माथी सत्यको विजय गदैं यस कार्यक्रमलाई भव्यको साथ सम्पन गराएको मा. साहको स्वकीय सचिव विजय यादवले बताए।