• १२ फाल्गुण २०७७
  • (Wednesday 24 February, 2021)
    5
    Shares

    रौतहट न्यूज//१२ गते बुधवार बाराको कवहीगोठमा प्रहरी र स्थानीय बिच झडप भएको थियो। सो झडपमा सुवर्ण गाउँपलिका वडा २ निवासी १४ बर्षिय रंजन कुमार यादवको टाउमा गोली लागी सख्त घाईते भई उपचारको क्रममा रहेकोको यादव प्रति नेपाली कांग्रेस सुवर्ण गाउँपालिका कवहीगोठले एक प्रेस विज्ञप्ती जारी गरेका छन्।

    प्रेस विज्ञप्ती अनुसार मिति २०७७। ७ । १२ गते बुधवार राती अं.०८ : ०० बजेको समयमा जि.वारा सुवर्ण गाँउपालिका वडा नं. २ कवहीगोठ स्थित ईलाका प्रहरी कार्यालय कवही र विभिन्न व्यक्तिहरु बिच उत्पन्न भएको तनावपुर्ण परिस्थितीमा प्रहरी तर्फबाट भएको गोलि प्रहारबाट जि.बारा सुवर्ण गाउँपालिका वडा नं. २ वस्ने चन्देश्वर यादवको छोरा वर्ष १४ को रञ्जन कुमार यादवलाई टाउकोमा गोली लागी सख्त घाईते भई उपचारको क्रममा रहेकोले निज घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटित घटनाको घोर बिरोध गरेको छ।

    साथै मिति २०७७।७।१२ गते बुधवार विभिन्न परिस्थितीले उत्पन्न भएको घटनाको २४ घण्टा बित्न लाग्दा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा प्रमुखहरु समेतको कुनै चासो नदेखिएकोले निज प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा प्रमुखहरु समेत घटनास्थलमै आई घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथी कारवाही गर्नुका साथै पिडितलाई पुर्णरुपमा औषधी उपचार लगायत उचित क्षतिपुर्ती दिनको लागि समेत सम्बन्धित निकायसंग जोडदार माग गरेका छन्।