• ०८ मंसिर २०७७
  • (Monday 23 November, 2020)

    रौतहट न्यूज़// लगतार सामाजिक दुरीसहित सरसफाइका साथ कोरोनाको गरौं सामना! महान पर्व दशैं,दिपावली र छठको हाम्रो हार्दिक शुभकामना!! नाराको साथ शुभकामना आदान प्रदान तथा जनचेतना कार्यकरम मौलापुर नगरपालिका वार्ड ३ गम्हरियामा वाड ८ सोनरनियाँ र पथरा टोल साहितका विभिन्न स्थानमा आजको कार्यक्रम सम्पन्न भएको छ।

    यस कार्यक्रममा प्रमुख उपस्तिति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साह, नेकपा क्षेत्र नं ३ का प्रदेश संसद कुन्दन कुशवहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह र उप नगर प्रमुख गौरीशंकर साह सहितका विभिन्न नेता र कार्यकर्ताको अपास्थिति रहेको थियो।

    आजको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका विभिन्न नेता र कार्यकर्ता पार्टी परित्याग गरी कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका छन्। नवप्रवेश नेता तथा कार्यकर्ताहरूलाई मा. साहले फूलमाला लगाई समान गरेका छन्। जनता समाजवादी पार्टीबाट रितेश शर्मा, नेपाली कांग्रेसबाट सुरेश कुशवहा, छठु साह लगायतका अन्य नेता र कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन।

    जनचेतना कार्यक्रममा मा. प्रभु साहले विभिन्न विकाश प्रति प्रतिवद्धता जनाएका छन्। महकार पोखरीलाई पर्याटक स्थल बनाउने प्रतिवद्धता सहित नेपालमा संञ्चारको गती कम रहेको मा.साहले बताए। इन्टरनेटमा विशेष जोड दिने र तीब्र गतिका इन्टरनेट संचालनमा ल्याउने बिजुली,पोल र बैंक जस्तो अन्य नाँया प्राविधि स्थपना गर्ने पूर्ण प्रतिवद्धता रहेका मा. साहले बताएका छन्।