• ०८ मंसिर २०७७
  • (Monday 23 November, 2020)

    रौतहट न्यूज़// देवाही गोनाही नगरपालिकाका वाड ९ धरहरी र वाड ३ देवाहीमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    मा. साहले कोरोना बारे गम्भिर ध्यान आकर्षन गराउनु भएको हो। धरहरी गाउँवासीको लागी १२ हजार माक्स,पि.पि.सी लगायत कोरोना नियन्त्रण गर्ने विभिन्न समाग्री आफ्नै खलतीबाट पुर्ती गरेको बताएका छन्।

    लोककाल देखी समान्तवादीहरुले गरिब माथी शासन गर्दै आएका सामान्तवादी रवैया हालसम्म न रूकेको भन्दै मधेशी दल माथि विभिन्न अरोप लगाउदै कंग्रेस पार्टी संग सम्बन्धि पेट्टी ठेक्कदारले प्रभु साह लाई बदनाम गर्दै आएको माननीय साहको अरोप रहेको थियो। हाल सम्म भई रहेको पिच निर्माण कांग्रेस पार्टीको ठेक्कदारहरूले गरि रहेको र कम्युनिस्ट पार्टी ‍(नेकपा) बाट एउटा पनि ठेक्कदार न रहेको वहा ले बताए।

    नेपालकै ७७ औं स्थानमा पछाड़ी रहेको रौतहट जिल्ला राजनीति नेताकै कारन रौतहट आन्तिम स्थानमा रहेको साहले उल्लेख गरेका छन्। रौतहट लाई समृद्ध बनाउनका लागी लाल बकैया र बंगनती नदीलाई नियन्त्रण गरेर गौर भन्सार देखी अन्तरराष्ट्रिय मार्ग निर्माण गरेपछी रौतहट समृद्ध हुन्छ भन्ने साहले बताउनु भयो।

    सामाजिक दुरीसहित सरसफाइका साथ कोरोनाको गरौं सामना! महान पर्व दशैं,दिपावली र छठको हाम्रो हार्दिक शुभकामना!! नाराको साथ शुभकामना आदान प्रदान तथा जनचेतना कार्यकरममा उपास्तिति क्षेत्र नं ३ विधायक कुन्दन कुशवहा, नेकपा प्रदेश २ सदस्य त्रिभुवन साह, मनोज यादव, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवहा, देवाही गोनाही नगर उप-प्रमुख परनीया देवी, नेपाल शिक्षक महासंघका राष्ट्रिय सदस्य मणी शंकर निधी लगायतका विभिन्न नेता र कार्यकर्ताको उपस्तिति रहेको थियो।

    प्रदेश नं. २ को मंन्त्रालयमा एउटा मंत्री पदमा तीन ओटा मंत्री रहेको साहले जनकारी गराएका छ्न्। मधेशी पार्टीका नेताका कारण देवाही गोनाही नगरपालिकामा ८५ प्रतिशत बजेट फ्रिज भएको नेकपा प्रदेश २ सदस्य मनोज यादवले बताएका छ्न्।

    कार्यक्रम संचालनलाई ध्यानमा राखेर कोरोनाबाट बाच्ने सम्पूर्ण विधि सहित मास्क , sanitizer लगायतका आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रयोग गरेर र अवश्यक्ता अनुसारको सम्पूर्ण समाग्री राखिएको मा. प्रभु साहको स्वकीय सचिव विजय यादव निर्विजले जनकारी दिनु भएको छ।