• ०६ कार्तिक २०७७
  • (Thursday 22 October, 2020)

    संवाददाता- राजकुमार यादव

    रौतहट न्यूज// रौतहटको राजपुर नगरपालिकामा हिन्दुहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली विशेष कार्यक्रम सु-सम्पन्न भएको छ। विगत वर्ष यस नगरपालिकामा हिन्दु र मुस्लिमक वीच मार दंगा भएकोले यस नगरको विभिन्न कार्यक्रम,सभा र अपसी मेल मिलापमा बधा व्यवधान पुरियाएको थियो।

    विगत वर्ष भएको दंगलाई मध्यनजर गदै राजपुर नगरका नगर प्रमुख मो. सकिल अख्तरले यस वर्षको हिन्दुहरूको महान पर्व लाई समान गर्दै अगाडी बढाउने प्रतिवधता गरेका छन्। कुनै पनि धर्म शान्तिपूर्ण तथा अन्तर धार्मिक सहिष्णुता कायम गर्न नगरवासी तथा सुरक्षााकर्मीले बिषेश पहल गर्ने र धार्मिक सदभाव खलल पुग्ने कार्य गर्ने जो काेहीलाई पनि बिना भेदभाव कानुनी कार्वाहीका लागी पहल गर्ने निर्णय भएको छ ।

    यस कार्यक्रममा शुभकामना अदान प्रदान सहीत कयौ बुन्दा माथी छलफल गरेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एस. पी. सिदि बिक्रम साह । स.श.एस.पी सुर्यबहादुर सियोली, अनुसन्धानका एस.पी. मुकुन्द बाबू खडका र जसपा नेता किरन साह लगायतका विभिन्न नेता र कार्यकर्ता सहित कार्यपालिकाको विभिन्न कर्मचारी उपस्तिति रहेको थियो यस कार्यक्रमलाई नि. प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले उदघोष गर्दै सम्पन्न गरेका छन्।

    राजपुर नगरपालिका द्वारा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना अदान प्रदान।