संवाददाता- राजकुमार यादव
रौतहट न्यूज// आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइएका छन् । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको दिवस बोधीमाई नगरपालिकाले यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइएको छ।

यसैबीच उप-प्रमुख प्रेमलाता कुशवहाले कोभिड–१९ को विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताएकी छीन्।
साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उप-प्रमुख कुशवहाको शुभकामना सन्देश रहेको थियो।
यस कार्यक्रमको सभापति प्रमुख प्रशासकीय अधिकृत श्री रामेश्वर राय यादव र ECDC,RDC संस्थाको कर्मचारी, नगरपालिका भित्रका सम्पूर्ण समुदायिक विधालयका प्रधानाध्यापक ,स्वास्थ्यकर्मी लगायत सम्पूर्ण वार्डका अध्यक्षहरू र कार्यापालिका सदस्यहरूको उपस्थिति आजको कार्यक्रम सम्पन भएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।