• असोज १७ । प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

    राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भई सैनिक अस्पताल अस्पताल भर्ना हुनुभएको छ ।

    शुक्रबार गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उहाँ ह्वाइट हाउसमै आइसोलेसनमा बसेपनि ज्वरो नघटेपछि सैन्य अस्पताल भर्ना गरिएको हो ।

    ज्वरोसहित कोभिड १९ का सामान्य लक्षण देखिएपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

    यद्यपि, अस्पताल भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै ट्रम्पले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गर्नुभएको छ ।

    राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै विश्वभरका नेताहरुले सन्देश पठाएका छन् ।

    कोरोनाप्रति निकै हेलचेक्र्याईपूर्ण व्यवहार गर्दै आउनु भएको राष्ट्रपति ट्रम्प आफैलाई संक्रमण भएपछि अस्पताल जाने क्रममा भने मास्क लगाउनुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उता, राष्ट्रपति पदका डेमोक्रेयाट प्रतिष्पर्धी जो बाइडन र उनकी पत्नीको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।

    अमेरिकामा कोरोना महामारीको नियन्त्रणलाई लिएर राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना हुने गरेको छ भने कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।