• ०३ माघ २०७७
  • (Saturday 16 January, 2021)
    5
    Shares

    रौतहट न्यूज// रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाहीनजिक झाँझ खोलामा शुक्रवार एक बालिकाको डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा बालिकाको खोलाको गहिरो पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय शंकर राय यादवकी १२ वर्षीया छोरी ममिता यादवको दिउँसो झाँझ खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।