
असोज १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण भएको छ ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको हो । ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र पोजिटिभ देखिएको जानकारी दिनुभएको हो ।
यसअघि, आफ्ना नजिकका सहयोगीलाई संक्रमण पुष्टि भएलगत्तै ट्रम्पको पनि पीसीआर परीक्षण गरिएको थियो ।उहाँसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आईसोलेसनमा बस्नुभएको छ ।
ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड पोजिटिभ देखिएपछि ट्रम्प दम्पत्तिको पनि परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र हिक्स टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुग्नुभएको थियो । हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क उत्रिरहेको तस्वीर समेत सार्वजनिक भएको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।