
संवाददाता:- राजकुमार यादव
रौतहट न्यूज// रौतहटको मौलापुर नगरकालिकामा रहेको लक्ष्मिनिया अधारभूत विद्यालयमा २५ शय्याको सुविधासम्पन्न आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोरोना महामारिको कारणले आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै मौलापुर नगरपालिकामा आइसोलेशन कक्ष निर्माण सहित छुटै आठ ओटा शौचालय निर्माण गरिने भएको हो।

वैश्विक कोरोना महामारीको संक्रमण स्थानीय स्तरमा तिब्र रूपमा फैलिरहेको अवस्थामा आम नागरिकको जीवन रक्षाको लागि आईसोलेसन निर्माण आफैमा सराहनीय कार्य हो । विकास निर्माण एवं जनताको सेवामा विशेष पहिचान बनाएको मौलापुर नगरपालिकाले कोरोना महामारी नियंत्रण र रोकथाममा पनि उदाहरनिय भूमिका खेलदै आएको छ।
यसभन्दा पहिले लकडाउनको समयमा क्वारेन्टाइन निर्माण गरी नगरवासीलाई सेवा प्रदान गरेको र अहिलेको स्थितिमा आइसोलेशन आवश्यक रहेको नगर प्रमुख रिना कुमारी साहले जीकिर गरिन् ।चिकित्सक, नर्स र दक्ष स्वास्थ्य जनशक्ति चौबीसै घन्टा तैनाथ रहने उनले बताइन् ।
