
रौतहट न्यूज//
इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

युनाइटेडलाई शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसले ३-१ गोल अन्तरले पराजित गरेको हो।
प्यालेसको जितमा टाउनसेन्डले सातौं मिनेटमा पहिलो गोल गरे। यस्ते जाहाले थप दुई गोल गरे। जाहाले ७४ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए।

८० मिनेटमा युनाइटेडका भान डे वीकले गोल गर्दा खेल २-१ को अवस्थामा आयो।
८५ मिनेटमा जाहाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। प्यालेसको भने यो सुरुवाती दुई खेलमा लगातार जित हो।

यता आर्सनलले पनि लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा वेस्ट हाम युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ।
आर्सनलका लागि लाकाजेटीले २५ मिनेटमा पहिलो गोल गरे। तर वेस्ट हामका एन्टोनियोले ४५ मिनेटमा बराबरी गोल फर्काए।
८५ मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई २-१ ले अघि बढाएका थिए।