
संवाददाता:- राजकुमार यादव
भाद्र २९ // यूवा समाज विकास नेपाल द्वारा आयोजित मौलापुर नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रौतहट जिल्ला शाखा अन्तर्गत अकाशमिक रंक्त संचार सेवा गौर को प्राविधिक सहयोगमा तथा वाडा बसन्त कुमार यादवको अध्यक्षातामा एवम मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साहको प्रमूख उपास्थितिमा रक्तदान कार्यक्रम सोनरनियाँमा सम्पन भएको छ।
रौतहटमा रक्तदान गर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । केही वर्ष पहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयवासीमा विस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
आज मौलापुर न.पा. वाड ८ सोनरनियाँ
बजारको प्रागनमा रक्त दान कार्यक्रममा रक्त दान गर्ने अरूण यादव, प्रेमशंकर साह, जयमंगल राय यादव, संजय सिंह पटेल, सरोज कुमार यादव, यूराज कुमार यादव, राम किशोर यादव, गुड्डा भगत, राजनेश साह कलवार ,धिरेन्द्र प्रसाद यादव, हिरालाल राय यादव, मुकेश साह तेली तथा देवदिप राय यादव सहित १२ जनाले गरेको छ।
मौलापुर नगरपालिका
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।