• २०७७ भदौ २८
    काठमाडौं । सरकारले कोरोना संक्रमणका लागि अब दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गरिने भएको छ । अब देशभरका सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनले भने, “रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।”

    यसअघि पीसीआर परीक्षण शुल्क पाँच हजार ५०० तोकिएको थियो । पछि सरकारले ४ हजार ४०० तोकेको थियो । 

    आदर्श कोटवाल गाउँपालिका