
२५ भदौ, रौतहट । रौतहट जिल्लाको नरकटिया नाका हुदै नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेको क्रममा ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ की यादव थरकी १८ वर्षीया किशोरी सहित मौलापुर नगरपालिका वडा नम्बर ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल पक्राउ परेका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटना बारे थप छानबिन भइरहेको बताइएको छ ।
प्रहरी चौकी मोतीपुर नरकटियाको प्रहरी सहायक निरीक्षक मेवालाल प्रसाद गुप्ताको नेतृत्वमा राति गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका वडा नम्बर ७ चिरान चौकबाट बुधबार राति करिब १ बजे पक्राउ गरिएको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरी सहित सात जना भारततर्फ लैजादै अवस्थामा संखा लागेर चेक जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएँ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।