संवाददाता:- राजकुमार यादव
रौतहट न्यूज // मौलापुर नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत शिवनरायण साह आजदेखि हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह भाद्र १५ गते गरूडा नगरपालिकामा सरुवा भई गएपछि मौलापुरमा प्रमुख प्रशासकीय अधिकृतको पद खालि रहेको थियो ।

साह सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् । सोमबारबाट मौलापुर नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत साहले जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन् ।

उनले सोमबार नै नगरपालिकाकी नगरप्रमूख रिना कुमारी साह छलफल गरी हालसम्म भए गरेका कामको जानकारी लिएका थिए । उनले नगरपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन महाशाखा तथा शाखा प्रमुखलाई निर्देशन पनि दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत आएपछि उपमहानगरपालिकाका रोकिएका प्रशासनिक काम नियमित हुन थालेका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।