
काठमाडौँ । कञ्चनपुरमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको छ । दंगा नियन्त्रण गण कञ्चनपुरमा कार्यरत ऐर शनिवार राती ड्युटी गरिरहेको बेला बेहोस भएका थिए ।

बेहोस भएपछि उपचारका लागि धनगढी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।

मृतक जवान डडेल्धुराको अजयमेरु गाउँपालिकाका हुन् । बेहोस भएपछि उनलाई तत्काल कञ्चनपुरस्थित स्थानीय हेल्थपोष्टमा उपचार गरिएको थियो ।
थप उपचारका लागि उनलाई धनगढी लगिएको थियो । प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा उनले ११–७९ औं समूहको तालिम सफलतापूर्वक हाँसिल गरेका थिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।