
काठमाडौं । मुलुकका तीन सुरक्षा संगठन प्रहरी, सशस्त्र र नेपाली सेनाका गरी तीन हजार बढीमा कोरोना संक्रमण देखिएको छ । कोरोना महामारीविरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिने भएकाले उनीहरुमा कोरोना संक्रमण बढ्दै गएको हो ।
संक्रमितमा सबैभन्दा बढी नेपाल प्रहरीका १९ सय ५४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयका ८४, काठमाडौं उपत्यकाका ४७२, प्रदेश १ का १९८ प्रदेश २ मा ११५, वाग्मती प्रदेशका ५५, गण्डकी प्रदेशका ८७, प्रदेश ५ का ७८, कर्णाली प्रदेशका ३७ र सुदूरपश्चिम प्रदेशका १५ जना सक्रिय संक्रमित छन् । हालसम्म ८१३ जना डिस्चार्ज भएका छन् भने ११ सय ४१ सक्रिय संक्रमित छन् ।
2020-07-30-12-00-29.gif)
यस्तै सशस्त्र प्रहरी बलका ६२२ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये ३०५ जना डिस्चार्ज भएका छन् । संक्रमित हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् ।
जेठ ३ गतेदेखि बुधबार (हिजो)सम्म नेपाली सेनाका ५ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएका छन् भने ३८२ उपचारमा छन् ।
फाइल तस्बिर ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।