• रौतहट न्यूज़// पछिल्लो २४ घण्टामा प्रदेश २ मा २६१ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सबैभन्दा बढी सप्तरी जिल्लामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिराहामा २४ र पर्साका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २८९ पुगेको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

    पछिल्लो २४ घण्टामा प्रदेशमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका-६ का ४५ वर्षीय पुरुष, धनुषाका ७२ वर्षीय वृद्ध र सप्तरीका ७२ वर्षका वृद्धको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ३३ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ । जसअनुसार पर्सामा १९ जना, धनुषामा ४ जना, सप्तरीमा ३ जना, बारा, महोत्तरी र रौतहटमा २/२ जना, सिराहामा १ जनाको मृत्यु भएको छ ।