• ११ असोज २०७७
  • (Sunday 27 September, 2020)

    रौतहट न्यूज// हनुमान मन्दिरको पुजारी श्रीराम साहको१३औं पुण्यतिथिमा मा. प्रभु साहको पहलमा आज भब्य हनुमान मन्दिर निर्माणको शिलान्यास भएकोछ ।

    मौलापुर नगरपालिकाको मेयर रीना कुमारी र माधवनारायण नगरपालिकाको उपमेयर सिमल साहको संयुक्त शिलान्यास कार्यक्रममा नेकपाको नेता एवं बिधायक प्रत्याशी उपेन्द्र साह,प्रदेश कमिटी सदस्य त्रिभुवन साह, देवाहीगोनाहीको उपमेयर सुनैना पटेल लगायत जनप्रतिनिधि, नेता एवं पुजारी श्रीराम साहको परिवारको सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।

    त्यागी एवं निष्ठावान पुजारी श्रीराम साहको सपनालाई अगाड़ी बढ़ाउन र वहाँको योगदानलाई स्थापित गर्न मा. प्रभु साहले उक्त मन्दिर निर्माण घोषणा गर्नु भएको छ ।