• ११ असोज २०७७
  • (Sunday 27 September, 2020)

    संवददाता-रणाधिर,सिताराम साह

    रौतहट न्यूज// रौतहट जिल्लामा दिनहु हत्या कमशः हाल सम्म रूकेको छैन। आज आईबारको दिन फेरी एक महिलाको हत्या भएको छ। रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा न.३ स्थित लक्ष्मीपुर मुसहर टोल बस्ने अन्दाजी ३८ वर्षकी मिन्त्रा देवी बैठाको हत्य भएको छ। स्थानिय भोला बैठाले जनकारी दिइएका छन्।

    लक्ष्मीपुर मुसहर टोल भन्दा २०० मिटर पुर्व र बांगमति नदी भन्दा ५० मिटर पश्चिमा उखुको खेतमा नंगै अवस्थामा महिलाको सव फेला परेको हो। १० बजेको समयमा घर बाट घाँस गढन गएकी मिन्त्रा बेलुका सम्म घर न आएकोमा घर परिवार चिन्तित भई खोजी गर्दा नंगा अवस्थामा सव उखुको खेतमा फेला परेको परिवारको एक सदस्यले बताए।

    गढीमाई नगरपालिका वडा न.३ स्थित लक्ष्मीपुर मुसहर टोल बस्ने रूपलाल बैठाको बुहारी र सकल बैठाको पतनी अन्दाजि ३८ वर्ष कि मिन्त्रा देवीको तिन ओटा छोरा पनि रहेको छ। हाम्रो समाचार स्रोतको अनुसार यस घटनाको तथ्य न खुलेको ले विशेष समाचार आउन बाकी नै रहेको छ।