• संवददाता:- रणाधिर साह

    रौतहट न्यूज// प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादवले दलित यूवा विजय महरालाई प्रहरी हिरास्तमा निर्ममता पूर्वक कुटपिट का कारण विजय महराको मृत्यु भएको प्रदेश सरकार राज्यमंत्री योगेन्द्र यादवको उपस्तितिमा बताउनु भएको छ।

    रौतहटमा दलित युवक मृत्यु प्रकरण पछि आज आइतबारको दिन निरंञ्जन राम र विजय महराको परिवारलाई गरूडा नगरपालिका नगर प्रमुख ईनु राय यादव र उप प्रमुख रंगीला जयसवालले नगद एक- एक लाखको एन.आई.सी. बैंकको चेक हस्तान्तर गरिएको छ। मृतक परिवारलाई राहत स्वरूप चावल १२५ किलो, दाल १० किलो नमक १०किलो, खानेतेल १० लीटर र फलफूल सहयोग गरेका छन।

    सोहि अवसरमा कृषि सहकारी राज्यमंत्री योगेंद्र यादव, प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादव,जसपा नेता बृजकिशोर यादव, रामप्रवेश दास, अनिल यादव, नेकपा नेता सेख कलीमुल्लाह, जसपा नेता राजकुमार दास तत्मा, दलित प्रतिनिधि बिगू पासवान समेतले पीड़ित परिवार लाई न्याय दिलाउनको लागि प्रतिबद्ध रहेको आसवासन दिएका छन ।

    साथै प्रहरी हिरासतमा निर्दोष रहेका ४ जनालाई २४ घण्टा भित्र रिहाई नगरे ससक्त आन्दोलनमा जाने जसपा नेता ब्रीज किशोर यादवले बताएका छन।