रणधिर साह// निरन्जन राम र बिजय रामको हत्यारालाई कार्यवाही न हुन्जेलसम्म आन्दोलन नरुकने पुर्व राज्यमन्त्री बिसेन्दर पासवानले बताएकाछन।प्रहरीको कुटाईबाट बिजय रामको ज्यान गएकोहो भन्दै,शनिवार रौतहटको गरुडामा दोषी प्रहरीलाई तत्काल कार्यवाहीको मागगर्दै ईलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गरिएका थिए।
दलित समुदाय सहित अन्य समुदायको हजारौ महिला एवम पुरुषहरु आन्दोलनमा सहभागी भई प्रहरीले गरेको ज्यादतीप्रतीको जोडदार बिरोधगर्दै मृतकलाई सहिद घोषणा गर्न,दोषी प्रहरीलाई निलम्बन गरेर कार्यवाही गर्न र मृतकलाई उचित क्षतिपुर्ति दिन र निस्पक्षरुपमा छानबिन सहितका मागगर्दै ई.प्र.का.गरुडाको अगाडी शनिवार देखिनै धरणा दिदै घेराउ प्रदर्शन सुरु गरेकाछन।
रौतहटको गरुडा नगरपालिका वडा नं-८ बसबिटि जिंगडियाको २०बर्षिय युवक निरन्जन रामको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले निर्दोष बिजय राम लाई रातीको ११ बजेको समयमा आफ्नै घरबाट सुतेको अवस्थामा समातेर प्रहरीले मानव अधिकारको घोर उलङघन गर्दै निर्घात कुटपिटगर्दै,प्लास्टिक पाईप,फलामको डन्डी,रडले हानेपनि आफुले निरन्जनको हत्यामा संलग्न न रहेको र सकार न गरेपछि विधुतिय करेन्ट लगाएर चरम यातना दिएर सकार गराउन खोजदा यातनालेगर्दा नै बिजय राम को नेशनल मेडिकल कलेज बिरगंजमा बुधवार राति १२:३५ बजेको समयमा मृत्यु भएको हो भन्दै दलित समुदायहरु आक्रोषित हुँदै प्रहरी को एस पि रवि राज खडका,गरुडा का डि एस पि ज्ञान कुमार महतो सहित यातनामा संलग्न प्रहरीमाथि तत्काल कार्यवाहीको मागगर्दै दलित समुदाय आन्दोलनलाई अगाडि बढाएका छन।
मृत्यु हुनु भन्दा अघि अस्पतालको बेड बाट दलित युवक बिजय आफुलाई निर्घात कुटपिट गरेकोहो,यो भिडीयो बाहिर आएपछि प्रहरी अहिले ब्याक फुटमा आएकोछ।प्रहरी हिरासतमा मारिएको युवक बिजयको काठमान्डौ स्थित शिक्षण स्पताल महारागंजमा पोष्टमार्टम गरिएकोथियो,पोष्टमार्टमको प्रारम्भीक रिपोर्टमा निर्घात कुटपिटका कारण मृत्यु भएको पुष्टीभएकोहो बताउदै मधेशी दलित विकाश महासंघको महासचिव धर्मेन्द्र पासवान मानवता विरुद्धको घोर अपराध गर्ने एस पि खडका, डि एस पि महतो ईन्सपेक्टर सहितको प्रहरीलाई तत्काल निलम्बन गरेर कार्यवाहीगर्न माग गरेकाछन त यता धारणामा पुर्व राज्य मन्त्री बिसेन्दर पासवानले भने प्रहरीको ज्यादती प्रती आक्रोषित हुँदै ईलाका प्रहरी कार्यालयको अगाडि भोक-भोकै धारणा दिएकाछन।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,