Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
डिएसपी ज्ञान कुमार महतो तानिए र डीएसपी भरत श्रेष्ठको आगमन। - Rautahat News
  • रौतहट न्यूज// रौतहटमा दलित युवक मृत्यु प्रकरण पछि गरुडाका डिएसपी ज्ञान कुमार महतोलाई प्रदेश प्रहरी कार्यालय तानिए पछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठलाई पठाइएको छ।

    प्रहरी हिरासतमा गरुडा नगरपालिका ८ जिगडियाका युवक विजय रामको मृत्यु भएपछि डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय तानिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।

    मृतकका परिवारले गरुडा प्रहरीको कुटपिटबाट र यातना पछि हिरासतमै मृत्यु भएको आरोप लगाएका छन्। गरुडा नगरपालिका ८ जिगडवा टोलकै २२ वर्षका युवक निरन्जन रामको हत्या गरेको आरोपमा १९ वर्षका विजय रामलाई प्रहरीले गत साउन ३२ गते पक्राउ गरेको थियो।

    घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् । हाल सम्म अन्दोलन जारी रेहेको हुनाले रौतहटको आम जनता सहीतका व्याक्ति कोरोना संग जुध्ने परी कल्पना पनि रहेको छ।