• रौतहट न्यूज़। रौतहट जिल्ला माफिया ठेगान भएको स्पष्ट देखिन्छ। माफिया राज रौतहटमा प्रहरीको लपरवाही चरम सिमा पार भएको हो आखिर किन्?

    रौतहटमा भएको निरन्जन राम हत्या काण्डमा पक्राउ परेका एकजना युवाको राती करिब १ बजेको समयमा मृत्यु भएको छ । गत साउन ३१ गते राती २० बर्षका निरन्जन रामको घाटी रेटि हत्या भएको थियो ।
    सो हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गरुडा नगरपालिका ८ बसविटी जिगडियाका २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका १९ बर्षका विजय महराको बुधबार राती वीरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । भदौ १ गते पक्राउ परेका उनलाई ३ गते देखी स्वास्थ्य समस्या आएको र   नेशनल मेडिकल कलेजमा भर्ना गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

    तर स्थानीयवासीको भनाई र डिएसपी ज्ञानकुमार महतोको भनाई मिलेनन्। प्रहरी हिरास्तमा महरालाई अधिक भन्दा अधिक कुटी पिट गरे पछि महराको किडनी खराबा भएको थियो अधिक कुटाईका कारण मृतक महराको मलद्वार र पेसाब नलीबाट रगत आएको थियो र त्यस पसचात वहा लाई उपचारको लागी विरगंज पठाए प्रहरीको करनीकै कारण महराको जान गएको छ। स्थानीय सहीत आम जनताको भनाई छ।

    डिएसपी ज्ञानकुमार महतो को अनुसार ३ गते देखी स्वास्थ्यमा समस्या आएको उनको दुबै किडनी फेल भएको र डाईलोसिस गर्ने क्रममा मृत्यु भएको डिएसपी महतोले बताए । उनी कर्तव्य ज्यान मुद्धामा म्याध थप भएर ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बेला पिसावमा समस्या आएपछि उनको उपचार थालिएको थियो ।