• रौतहट न्यूज// रौतहटको क्षेत्र न. ३ मा रहेको नेपाली काँग्रेस पार्टीका विभिन्न पदमा रहेको नेता तथा कार्यकर्ता हरूले नेपाली कांग्रेसबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    काँग्रेस पार्टि बाट निर्वाचित जिल्ला समन्वय समिति राैतहटका सभापति रामएकवाल राय यादवकाे भतीजाे संताेष यादव सहित कयौं नेता कार्यकर्ता काँग्रेस परित्याग गरेकाे हाे ।मंगलबार रौतहटको कटहरीयामा वार्षिक समीक्षा कार्यक्रममा प्रमूख अथिति प्रदेश दुईका नेकपा अध्यक्ष तथा पूर्वमंत्री मा. प्रभु साह , नेकपा प्रदेश संसद कुन्दन कुशवाहा र नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह सहितका विभिन्न नेता तथा कार्यकर्ता उपास्तिति भएको थियो। सोही कार्यक्रममा नेपाली काँग्रेसबाट भूपू गा.वि.स उपाअध्यक्ष रामबलक यादव, युवा नेता शंकर यादव, संतोष यादव, रामगणेश महतो, हरिलाल यादव, रामबलक महतो, राजु दास र मनोज साह सहीत दर्जनौं नेता र कार्यकर्ताहरूले नेपाली कांग्रेस बाट नेकपामा पार्टी प्रवेश गरेका हुन्।

    नेकपा प्रदेश न २ को अध्यक्ष एवं रौतहट क्षेत्र न ३ का सान्सद प्रभु साहले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको कार्यकार्तालाई टीका माला लगाई स्वागत गरेका थिए ।

    हरेक आर्थिक वर्षझैं यस वर्षमा पनि मा. प्रभु साहले निर्वाचन क्षेत्रमा भएको कार्य प्रगति विवरण २०७६/७७ सर्वजनिक गरेको छ। देशको सुशासन, सदाचार र विकासमा जनताको निगरानी र सहभागिता बिना समृद्धि सम्भव छैन भन्ने मान्यता अनुरूप नेपाल सरकारद्धारा गरिने महत्वपूर्ण विकास कार्यक्रमको बारेमा आम जनतालाई जनकारी गराएका छन्।कोरोना महामारीका कारण क्षेत्रियस्तरको भेलाको सट्टा नगरस्तरीय जनप्रतिनिधि एवं अगुवा व्यक्तित्वहरूको भेला गरी सम्पूर्ण सावधानीका साथ मौलापुर, शिवनगर, कटानी, कटहरीया र दुधिअवामा भव्य कार्यक्रम सम्पन्न भएको छ। ।