• रौतहट न्यूज// रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सोमबार मध्यानको १३:४५ बजेको समयमा बाटो काटने क्रममा ट्याक्टरको ठक्करले बालकको मुत्यु भएको हो।

    जिल्ला रौतहट मौलापुर नगरपालिका वार्ड ६ पथरा स्थित भित्री सड़क खण्डमा मौलापुरबाट बंकुल तर्फ जादै गरेको बलुवा लोड भएको ना.४ त. २२४० नम्बरको ट्रेक्टरले पथराबुधराम निवासी रामसिंघ राय यादवको छोरी अंदाजी तीन वर्षकी रितिका कुमारी यादवलाई बाटो क्रोस गर्ने क्रममा ठक्कर दिई घाइते बनाएको थियो। घाइते भएकी बालकलाई उपचारको लागि स्थानीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय मौलापुरले जनकारी दिईएको हो।