Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rautahatnews/public_html/wp-includes/functions.php on line 6114
श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । - Rautahat News
  • रौतहट न्यूज । झण्डै दुई दशकअघि रौतहटको मध्य बजारमा स्थापना भएको उद्योग बन्द भएको हो । रौतहटको गरुडामा रहेको जिल्लाकै पहिलो श्रीराम सुगर मिल्स बन्द हुने भएको छ ।

    गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ ।मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

    विविध कारणले किसानको उँखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं रुपैयाँ नोक्सानी बेहोर्नु परेको सूचनामा उल्लेख गरिएको छ ।

    हरेक वर्ष नोक्सानीमा गइरहेको कम्पनीको आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल घाटा २ अरब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको श्रीराम सुगर मिल्सले जनाएको छ ।यस आर्थिक वर्षमा मिलले १३ दिन मात्रै उखु क्रसिंङ्ग गरेको थियो । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखिको तलब तथा संचयकोषको रकमसमेत दिन सकेको छैन ।

    नगदे बालीको रुपमा रहेको उँखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उँखु उत्पादक सँघले जनाएको छ । यसै गरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

    आइतबारदेखि उद्योग बन्द भएको जानकारी गराउँदै मिलले तिर्नु पर्ने कर्मचारीहरुको सबै किसिमको तलब भता क्रमशः भुक्तानी गर्दै जाने जनाएको छ ।

    उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिलको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको मिलले जनाएको छ ।सम्बन्धित निकायबाट आवस्यक अनुमति प्राप्त हुनासाथ उद्योगको सम्पत्ति बिक्री गरेर कार्यरत श्रमिक, कर्मचारी तथा उँखु किसानहरुलाई प्राथमिकताका साथ भुक्तानी दिदै जाने मिलले जनाएको छ ।