• २१ श्रावन २०७७
  • (Wednesday 05 August, 2020)

    रौतहट न्यूज// मौलापुर नगरपालिकाकि प्रमुख रीनाकुमारी साहले एकीकृत दलित बस्ती मौलापुर र मर्यादपूरको भत्किएको कम्पाउन्डवाल तत्काल पुनर्निर्माण गर्न निर्देशन दिएकी छिन् ।

    मौलापुर नगरपालिका अन्तर्गत रहेका एकीकृत दलित बस्ती मौलापुर र मर्यादपूरको कमपाउण्ड वाल एक बर्ष नपुग्दै भत्केपछि बिहिवार नगरप्रमुख साहले सोको निरिक्षण गरेकी हुन् । निरीक्षण पछि प्रमुख साहले अति महत्वपूर्ण आयोजनाको कमपाउन्डवाल एक वर्षमै भत्किनुको कारण पता लगाउन र निर्माणकर्ताको धरौटी रकमबाट पुनर्निर्माण गर्न निर्देशन दिएकी हुन् ।

    नगर प्रमुख रीना कुमारी साहले दलित बस्ती निरिक्षण गर्ने वेलाको तास्विर :- निवेश यादव

    प्रमुख साहले सत्य तथ्य पता लगाई एक हप्ता भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको र सोही बमोजिमको दोषीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइने समेत बताइन्

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *


  • Maulapur, Rautahat
    05:2618:43 +0545