
रौतहट न्यूज// बाराको देवताल गाउँपालिकामा एकै पल्ट ४६ जना कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय बाराले गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको देससंचारलाई जानकारी दिएका छन् ।
गाउँपालिका कार्यालय तथा वडा कार्यालयहबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ। अत्यावश्यक खाधान्न, ग्यास, दूध, तेल बाहेकका अन्य सम्पूर्ण पसलहरु बन्द गरिएको छ । यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा बाहिर भेला नहुन सूचना मार्फत भनिएको छ ।
देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरुबाट उक्त गाउँपालिकामा आवत जावत निषेध गरिएको छ । अर्काे सूचना नभएसम्म गाउँपालिका भित्र विवाह, ब्रतबन्ध गर्न निषेध गरिएको छ ।
देवताल गाउँपालिका भरिमा ७४ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सो मध्ये ११ महिलासहित ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।