• २१ श्रावन २०७७
  • (Wednesday 05 August, 2020)

    रौतहट न्यूज़ । कोभिड– १९ का कारण गरिएको बन्दाबन्दीले रौतहट जिल्लामा कार्यरत लघुवित कम्पनीका शाखा कार्यालयहरुको निर्धारित कार्यक्रम प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 

    चैत महीनामा हुने समुह अध्यक्ष कार्यशाला, वार्षिक गोष्ठी, लघुवित्त संस्थाका शाखा प्रमुखका लागि दिइन योजना तथा बजेट तर्जुमा गोष्ठी तथा सिप मुलक तालिम लगायतका कार्यक्रम प्रभावित भएको हो ।

    बन्दाबन्दीका कारण निर्धारित काम गर्न नसकिएकाले असहज भएको र यस अवधिमा घाटा व्यहोर्नु परेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था सन्तपुर शाखाका प्रमुख बिष्णु पन्थीले आर्थिक अभियानका संवाददाताले बताए । 
    चैत १० गतेदेखि जेठ महीनासम्म कार्यालयको काम प्रभावित भएकाले घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।‘लघुवित कम्पनीका कर्मचारी समुदायमा पुगेर काम गर्ने अवस्था नरहेकाले समस्या आएको हो’, उनले भने । तर अहिले समाजिक दूरी कायम गर्दै सुरक्षाका विधि अपनाएर समुदायमा पुगेपनि काम गर्न अझै सहज नभएको उनले बताए ।

     लघुबित कम्पनीबाट कर्जा लिएर व्यवसाय गरेपनि बन्दाबन्दीका कारण व्यवसाय नै प्रभावित भएको सन्तपुरकी सिता देवीले बताइन् । विस्तारै व्यवसाय खुल्न थालेकाले अवस्था सहज हुन थालेको उनको भनाइ छ ।

    बन्दाबन्दीको अवधिबाट नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले ब्याजमा ३ प्रतिशत छूट दिएको छ । ब्याजमा छूट दिनुका साथै १५० जना ग्राहक सदस्यलाई रू.१ लाख ३६ हजार बराबरको खाद्यान्न तथा सुरक्षा र सरसफाईका सामग्री वितरण गरिएको शाखा प्रमुख पन्थीले बताए  ।

    कोरोना प्रभावितका लागि देशभर रू.६० लाख छुट्याइएकोमा रू.५० लाख प्रत्येक शाखालाई दिएको र रू.१० लाख नेपाल सरकारको राहत कोषमा जम्मा गरेको उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले बताए ।

    ग्राहक सदस्यलाई विपदको समयमा नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाले राहत सहयोग गर्दै आएको पनि उनले बताए । रौतहटमा विभिन्न स्थानमा एक दर्जनभन्दा बढी लघुवित्त कम्पनीह कार्यरत रहेका छन् ।

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *


  • Maulapur, Rautahat
    05:2618:43 +0545