
रौतहट न्यूज// नेपाली र भारतीय नक्कली नोटसहित बाराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।पक्राउ पर्नेमा बारा आर्दशाकोटवाल गा.पा. वडा नं. ६ पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशवा, सिम्रौनगढ नगरपालिका ५ का २६ वर्षीय मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का २५ वर्षीय सुधिरकुमार कुशवाहा रहेका छन् ।
ना. ५४ प. ३८०५ नं. को मोटरसाईकल समेत बरामद गरेको छ । प्रहरीले तीनै जनाको साथाबाट भारतीय र नेपाली नक्कली रुपैयाँ बरामद गरिएको र उनीहरुसँग थप अनुसन्धान सुरु गरिएको जनाएको छ । हिमाल खबरमा खबर छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।