
रौतहट न्यूज़// नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। चारआली, बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी डिपोबाट १५ किलोमिटरको दूरीभित्र पेट्रोलको खुद्रामूल्य प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको ८५ रुपैयाँ ५० पैसा पर्नेछ।त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दूरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्नेछ। थनकोट, सुर्खेत र दिपायल डिपोबाट १५ किलोमिटर दूरीसम्मको क्षेत्रमा पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ, डिजेल/मट्टितेल ८७ रुपैयाँ पर्ने निगमले जनाएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।