रौतहट न्यूज़//समाजवादी जनता पार्टी (सजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन्। मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए शहर र सडकबाट आन्दोलन सुरु गर्नु भएको छ।
सरकारले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै आज प्रदेश नं२ को राजधानी जनकपुरको जनक चौक सहीत विभिन्न ठाउँ ठाउँमा अन्दोलन सुरू भएको छ।

आज शनिबार को दिन नागरिकता बिधेयक खारेज गर्न का निमित्त जनता समाजवादी पार्टी का प्रदेश न.२ का सांसद अशोक यादव, प्रदेश सांसद परमेश्वर साहको नेतृत्वमा तथा अन्य नेता र कार्यकर्ताहरु द्वारा नेपाल सरकार विरुद्ध बिरोध प्रदर्शन भएको छ।
सहज वैवाहिक सम्बन्धले कहीं कतै राष्ट्रियतामा नै असर परिरहेको छैन । एक त नेपालीहरू अहिले आफैँ विकसित देशहरूमा पलायन भैइरहेको र अर्का पहिलेको तुलनामा नेपालमा विवाह गर्ने भारतीय जनताको इच्छा घटदै गइरहेको सन्दर्भमा यो प्रावधानले मधेशी जनतामा नकारात्मक असर पर्नेछ । त्यसैले यो निर्णयलाई पुनर्विचार गर्न समयमै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ जनता समाजवादी पार्टी का नेता तथा कार्यकर्ताले भने ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।