
रौतहट न्यूज //मौलापुर नगरपालिकाको आर्थिक वर्षको अन्त्यतिर आषाढ़मा आएर हतार हतारमा विकास निर्माणको गुणस्तरहिन काम गर्ने र छिटछाट गरेर अपारदर्शी ढंगले बजेट लूटने प्रवृतिलाई रोकन मौलापुर नगरप्रमुख रीना कुमारी साह कमर कसनु भएकोछ ।
आज वहाँले मौलापुर नगरपालिका अन्तर्गत निर्माण भईरहेका बिभिन्न महत्वपूर्ण आयोजनाहरूको निरीक्षण गर्नु भएकी छिन । निर्माण कार्य हुने महत्वपूर्ण समयमा कोरोना क़हर र लकडाउन शुरू भएको कारण निर्माण कार्य ढिला भएकोले यसलाई गुणस्तरिय बनाउन निरन्तर अनुगमन निरीक्षण गर्नु सराहनीय कार्य रहेको यहांको गाउं बासीको भनाई रहेको छ ।
सोनरनियाबाट बसवरिया भन्सार हुदै सिधा इण्डिया जोड़ने सड़कको अनुगमन संग़ै सोनरनियाकै वर्डाकार्यालय भवन, सामुदायिक भवन , चौतरा, सड़क ढलान लगायतको महत्वपूर्ण योजनाहरूको निरीक्षण संग़ै मौलापुरको विद्यालय भवन, प्राविधिक शिक्षालय भवन , नदी नियंत्रण एवं सड़क निर्माण कार्यको समेत निरीक्षण गर्नु भएकी छीन् ।अनुगमन टोलीमा उपप्रमुख र प्राविधिकहरू लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।