• बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट नाई श्रमिकहरु सबभन्दा बढी प्रभावित भएका छन ।
    कोरोना भाईरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा नसरोस भनि उद्देशयका साथ सरकारले गत २०७६ साल चैत्र ११ गतेबाट लकडाउन जारी गरेका छन। लकडाउन भएदेखि नै नाईहरुको पुर्ण रुपमा बन्द रहेका सैलुनहरु अहिले सम्म बन्दै रहेकाले नाई श्रमिकहरु बढी प्रभावित भएका छन। बन्दाबन्दीको समयमा नाई श्रमिकहरुले राज्यको तर्फबाट अथवा निर्वाचित जनप्रतिनिधीबाट समेत कुुनैपनि राहत नपाएका र लकडाउनका कारणले गर्दा घर परिवारको खर्च जुटाउन धौ धौ परिरहेको नेपाल नाई द्रेड युनिय रौतहटले गुनासो गरेका छन ।
    लकडाउनका कारणले गर्दा देशका बिभिन्न ठाउमा सैलुन,ब्युटी पार्लर संचालन गरिएका संचालकहरूले सोही ठाउॅमा बस्न बाध्य भएका छन। दैनिक संचालन गरि बिहान र बेलुकी आफ्नो गुजारा चलाउने नाईहरुलाई अहिले एक छाक टार्न समस्या भईरहेको छ।अहिलेको लकडाउनले गर्दा मर्नु न बाच्नु स्थितीमा पु-याएको छ,भने अर्का तिर राहत नपाएर समस्यामा परेका नाईहरुले लकडाउनको अबधिको कोठा भाडा र पसल भाडा छुटको ब्यबस्था हुनु पर्ने, बैक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकको ऋण ब्याज छुट हुनु पर्ने, सरकार बाट सम्पुर्ण सैलुनमा काम गर्ने श्रमिकहरुलाई अनिबार्य रुपमा मास्क, सेनिटाईजर, पिपीई, ग्लब्स निशुल्क उपलब्ध गराएर सैलुन खोल्ने बाताबरण बनाईदिनु पर्ने नेपाल नाई ट्रेड युनियन रौतहटका अध्यक्ष भुषण ठाकुरले जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा ज्ञापन पत्र बुझाएको छ ।संघका अध्यक्ष ठाकुरले मागको सम्बोधन नभए नाई श्रमिकहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।हालै जारि गरेको मिति २०७७ ज्येष्ठ ३० गते बाट सैलुन र पार्लरहरु बन्द नै राख्ने भनि निर्णय बिभिन्न पत्र-पत्रिका मार्फत तथा संचार माध्यम प्रति नेपाल नाई ट्रेड युनियनको ध्यान आकर्षण भएको छ। कतिपय स्थानहरुमा नेपाल नाई ट्रेड युनियनको तर्फबाट धेरै समस्या परेको नाई वर्गलाई राहतको व्यवस्था गरेतापनि त्यो अपुग रहेको हुनाले यसै प्रेस बिज्ञप्ति मार्फत सरकार तथा सम्बन्धित निकायमा पटक – पटक राहत तथा सबै समस्याहरुको फोन मार्फत अवगत गराउदा पनि नेपाल सरकारले हालसम्म श्रमिकहरुको हितमा कुनै किसिमको ठोस निर्णय तथा सम्बोधन नगरेको हुनाले नेपाल नाई ट्रेड युनियन संघले सरकारको यस प्रकारको रबैया प्रति घोर भर्त्सना गरेका छन। साथै हाम्रा समस्याहरुको तत्काल सम्बोधनको साथै राहत स्वरूप प्रति मजदूरलाई लक् डाउन अवधिभर कम्तिमा मासिक रु. २५ हजार का दरले उपलब्ध नगराएको खण्डमा हाम्रा मजदूरहरुलाई सामाजिक दूरी कायम गरि पसल संचालन गर्न लगाउने छौ ,यदि राज्यबाट रोक लगाएमा हामी आन्दोलन गर्न बाध्य हुनेछौ यस बाट हुन् जाने जनधनको क्षति राज्यले व्यहोर्ने छ भनि प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

    बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट नाई श्रमिकहरु सबभन्दा बढी प्रभावित भएका छन ।