युवा नेता साहले दिए गुरुपूर्णिमाको सार्थक शुभकामना
रौतहट न्यूज़//
आईटी आर्मीका राष्ट्रिय संयोजक तथा लोकप्रिय युवा नेता चन्द्र भुषण साहले फेसबुक मार्फत गुरुपुर्णिमाको विशेष अवसरमा सार्थक शुभकामना दिएका छन् ।
"गुरूर ब्रह्मा गुरूर विष्णु, गुरु देवो महेश्वरा, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः" भनेर मुलभुत रुपमा हिजो गरिने सम्बोधनदेखि "मास्टर साहेब सिकाई देउ पिरती-पिरती मन त पोल्छ मेरो भतभती" सम्मको यात्रालाई सम्मझिने/संस्मरण गर्ने दिन आज गुरु पुर्णिमा हो । शिक्षक पेशा आफैंमा पनि समाजको लागि एउटा आदरणीय, अनुकरणीय, पथप्रदर्शक एवं सम्मानित पेशा हो । किनभने, शिक्षक सही सुचना दिने, सत्य बताउने, मार्ग देखाउने, बोध गराउने समाजको एउटा प्रेरक व्यक्ति हो । एउटा असल एवं कुशल शिक्षक बन्नू धेरै जटिल एवं चुनौतीपूर्ण संगसंगै आफैंमा एउटा महान कार्य पनि हो । तरपनि आज हाम्रो समाजमा मुठिभर शिक्षा क्षेत्रका माफिया र केहि गलत शिक्षकहरुका कारण केवल शिक्षा क्षेत्र बदनाम मात्र छैन, अपितु असल शिक्षकहरुको मान, सम्मान र प्रतिष्ठामा समेत खलल पुगिरहेको स्थिति छ । शिक्षण पेशा बदनाम हुनुमा केहि शिक्षकहरु स्वयं पनि दोषी हुनुहुन्छ । केहि शिक्षकहरुको गलत व्यवहार एवं आचरण जस्तै: जुवा - तास खेल्ने, जाँड - रक्सी खाने, धुम्रपान गर्ने, गाली - गलौज गर्ने, पक्षपात गर्ने, घुस लिनेदिने, जबरजस्ती करणी गर्ने, चोरी गर्ने आदि जस्ता अपराधीक एवं अनैतिक कार्यहरुले गर्दा समेत जनमानसमा शिक्षकहरुप्रतिको विश्वास, श्रद्धा एवं सम्मानमा गहिरो असर परिरहेको स्थिति छ । किनभने, शिक्षकहरुबाट समाजले पनि विशेष आशा, विश्वास तथा उच्च नैतिक आचरण एवं आदर्शको अपेक्षा गरेका हुन्छन ।
हाम्रो समाजमा एउटा यस्तो पनि भनाई छ, "जसले अरु कुनै राम्रो काम गर्न सक्दैन, उसले शिक्षण पेशा अँगाल्छन् ।" यस प्रकारको चिन्तन, परिपाटी एवं परिदृश्य रहदासम्म शिक्षा क्षेत्रमा आमुल परिवर्तन / सुधार सम्भव छैन । देशको मुख्यतः ग्रामीणसंगसंगै केहि शहरी भेगमा समेत राजनीतिक संरक्षण प्राप्त शिक्षकहरुले घरमैं बसीबसी तलब मात्र खान्छन् भने, जस्ता जनगुनासाहरु समेत देख्न, पढ्न र सुन्न पाईन्छ, यसले असल श्रमजीवी शिक्षकहरुको स्वभिमान एवं सम्मानमा समेत घात पुर्याउने भएकोले यसको प्रतिवाद र भण्डाफोर सोही स्थानका शिक्षकहरुबाटै पनि हुनुपर्ने हो । किनभने, शिक्षक समुदायले आज मुलभुत रुपमा आफुलाई असल वा खराब कुन श्रेणीमा राख्ने हो गम्भीरता पूर्वक सोच्ने समय आएको छ । जसरी एउटा किसानको अकर्मण्यता वा अल्छीपनाले खेतको बालिनाली बिग्रन्छ, ठीक त्यसैप्रकार शिक्षकको अकर्मण्यता, बेईमानी वा अल्छीपनाले एउटा सिङ्गो समाज र देश नै बिग्रन्छ । किनभने, शिक्षा क्षेत्र राष्ट्रिय चरित्र निर्माणको एउटा माध्यम हो । शिक्षकले मुख्यतः विद्यार्थी मार्फत समाजको आचरण, व्यवहार, नैतिक मूल्य र मान्यताको आधारस्तम्भ नै खडा गर्ने गर्दछ । शिक्षण पेशा कुनै साधारण पेशा होईन । महान अचार्य चाणक्यले भन्नुहुन्थ्यो, "शिक्षक कहिले पनि साधारण हुँदैन, प्रलय र निर्माण शिक्षकको गोदमा पालिने गर्दछ ।" यो कुराको पुष्टि उहाँले स्वयं आफ्नो अनुभव र व्यवहारबाट गर्नुभएको थियो । आचार्य चाणक्यको कुशल प्रशिक्षणको बलमा नै एउटा दासी पुत्र दास चन्द्र गुप्त मौर्यले आफ्नो गुरुको अखण्ड भारत निर्माणको स्वपनलाई पुरा गरी त्यसको सम्राट बनेर ईतिहास नै रच्न सफल भएको कुरा आजसम्म पनि अविस्मरणीय छ ।
आचार्य चाणक्यले आफ्नो शिष्यमा मातृभूमि, देश र राष्ट्रप्रतिको अटूट प्रेम भाव जागृत गराई आफ्नो सही दिशानिर्देशबाट समाज, मुलुक र राष्ट्रलाई ठुलो गुण लगाउनु भएको थियो । हाम्रो नेपालको परिपेक्ष्यमा हेर्दा पनि हिजो राणा, राजा पञ्चहरुको नेतृत्वमा रहेको कुव्यवस्थाहरुको अन्त्यका लागि देश र जनताको हितमा विभिन्न समय कालखण्डमा भएगरेका जनान्दोलन, जनविद्रोह, मधेश आन्दोलन लगायतका संघर्षहरु तथा समाजिक, आर्थिक तथा राजनीतिक बदलाव एवं रुपान्तरणमा समेत शिक्षक र शिक्षा क्षेत्रको नेतृत्वदायी एवं उल्लेखनीय योग्दान रहदै आएको छ । ठीक त्यसैप्रकार, हिजोको आफ्नो गौरवशाली इतिहासको विरासतलाई आज पनि निरन्तरता दिँदै थप माथी उठाउन जरूरी छ । त्यसैले, शिक्षकहरुले पनि अहिले बदलिएको व्यवस्था अनुरूप आफुभित्र तथा व्यक्ति, समाज र राष्ट्रको सोच एवं चिन्तनमा सुधार संगसंगै युगान्तकारी परिवर्तन ल्याउन जरूरी छ । विगतका दिनहरुमा विभिन्न आन्दोलन तथा समाज बदलावका संवाहक शिक्षकहरु आज बदलिएको व्यवस्थाको सारथी बन्न जरूरी छ ।
हाम्रो मुलुक र समाजमा व्याप्त दुराचार, भ्रष्टाचार, कुशासन, आरजकता, दण्डहिनता, अस्थिरता, अस्तव्यस्तता, बेथिती, बिसंगती, भ्रम, घृणा, द्वयस्, द्वन्द्व, विभाजन सहित सबैखाले शोशण, दमन, उत्पीड़न एवं विभेद लगायतका गलत आचरण र क्रियाकलापहरूको विरुद्ध शशक्त रुपमा प्रतिवाद गर्न खडा हुनसक्ने तथा सदाचार, सामाजिक न्याय, सुशासन, स्थायित्व, सचेतता, जागरूकता, प्रेम भातृत्व, एकता एवं उत्साहबाट मुलकको समृद्धि र विकास सहित समुन्नत समाज निर्माण गर्ने गराउने महाअभियानमा निर्भिकता पूर्वक लाग्न आजको हाम्रो चाणक्य / शिक्षकहरुलाई समेत भरपूर सफलता प्राप्त होस् भन्ने गहिरो चिन्ता एवं शुभेच्छा सहित मेरो व्यक्तिगत जीवन संगसंगै समग्र जगतका तमाम आदरणीय गुरुजनहरुप्रति उच्च श्रद्धा एवं सम्मानका साथ हार्दिक नमन तथा आभार भाव प्रकट गर्दै गुरु पुर्णिमाको यस ऐतिहासिक एवं विशेष अवसरमा तपाई सम्पूर्णमा हार्दिक सार्थक शुभकामना व्यक्त गर्दछु ।" भनेर युवा नेता चन्दर भुषण साहले आफ्नो आधिकारिक फेसबुक आईडीमा लेखेका छन् ।
मिति: २०७८/०४/०९ गते,
संघीय राजधानी, नेपाल ।
Social Network
Warning: Use of undefined constant php - assumed 'php' (this will throw an Error in a future version of PHP) in /home/rautahatnews/public_html/wp-content/themes/rautahat/page.php on line 45